कृष्णपुर नगरपालिका परिचय

कृष्णपुर नगरपालिका एक सुन्दर र प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरपालिका हो । कृष्णपुर गा.वि.स. नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२/०५/३१ गतेको निर्णय अनुसार नगरपालिका घोषणा भई प्रदेश नम्बर सात अन्तरगत कञ्चनपुर जिल्लाको पुर्वी सिमानामा अवस्थित छ । कञ्चनपुर जिल्लाको पुर्वी सिमानामा रहेको साविक कृष्णपुर नगरपालिका, साविक रैकवार विचवा गा.वि.स र साविक देखतभुलि गा.वि.स वार्ड नं. ९ को क्षेत्रफल भित्र पर्ने सम्पूर्ण क्षेत्र कृष्णपुर नगरपालिका हो । वि.सं. २०६८ को जनगणा अनुसार यस नगरपालिकामा १०,०१६ घरधुरी र ५६,१२० जनसंख्या रहेकोमा हाल बृद्धि भएको अवस्था छ । वि.स. २०७४ को स्थानिय तहको निर्वाचनको तथ्याङ्क अनुसार कुल मतदाता २९,४१५ रहेको छ ।

भौगोलिक स्थितीः
प्रदेश नं. ७
जिल्लाः कञ्चनपुर
सिमानाः
पुर्वः कैलाली जिल्लाको गोदावरी नगरपालिका
पश्चिमः शुक्लाफाँटा नगरपालिका
उत्तरः चुरे पर्वत
दक्षिणः लालझाडी गाउँपालिका
अवस्थितीः
२८ डिग्रि ३२ मिनेट उत्तर देखी २९ डिग्री २८ मिनेट अक्षांश
८० डिग्रि ०३ मिनेट देखि ८० डिग्री ३३ मिनेट पूर्व देशान्तर
समुद्री सतहबाट १०० मी. देखी १००० मी.
कुल क्षेत्रफलः (साविक कृष्णपुर नगरपालिकाको १५६.२० वर्ग कि.मि., साविक रैकवार गा.वि.स को ८१ वर्ग कि.मि. र साविक देखतभुलि गा.वि.स वार्ड नं. ९ को १८ वर्ग कि.मि.) गरी जम्मा २५५.२० वर्ग कि.मि. रहेको छ ।