FAQs Complain Problems

कृष्णपुर प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

कृष्णपुर प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
उपाधि विणा मा.वि. रैकवार बिचुवालाई
कृष्णपुर नगरपालिकाद्वारा सञ्चालित प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता-२०७५ सम्पन्न भएको छ ।  समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सदस्य माननीय महेश दत्त जोशी, नगर प्रमुख कर्ण बहादुर हमाल, उपप्रमुख रमिता राना लगायत अतिथिहरुले प्रतियोगिताका विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडी तथा विद्यालयहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।    
    प्रतियोगितामा विणा मा.वि रैकवार विचुवा प्रथम, रोजी इक्सक्लुसिभ मा.वि बंक द्वितीय र राष्ट्रिय मावि पहरिया तृतीय भएका छ्न । शनिबार भएका खेलहरुमा भलिबल छात्रतर्फ विणा मा.वि. प्रथम, उदय मा.वि बंक द्वितीय, रोजी एक्सक्लुसिभ मा.वि बंक र कृष्ण मा.वि गुलरिया तृतीय भएका छन् । 
    त्यसैगरी भलिबल छात्रा तर्फ विणा मा.वि. प्रथम, राष्ट्रिय मा.वि पहरिया द्वितीय र कालिका मा.वि बण्ड र कृष्ण मा.वि गुलरिया तृतीय भएका छन् । 
     कबड्डी छात्रतर्फ रोजी एक्सक्लुसिभ मा.वि बंक प्रथम, सरस्वती मा.वि वाणी द्वितीय र सरस्वती मा.वि कल्याणपुर र कृष्ण मा.वि गुलरिया तृतीय भएका छन् । त्यसैगरी कबड्डी छात्रा तर्फ राष्ट्रिय मा.वि. कलुवापुर प्रथम, उदय मा.वि बंक द्वितीय र सरस्वती मा.वि बाणी र कृष्ण मा.वि गुलरिया तृतीय भएका छन् । 
    प्रतियोगितामा एथलेटिक्स तर्फ विणा मा.वि रैकवार विचुवा प्रथम, रोजी इक्सक्लुसिभ मा.वि बंक द्वितीय र राष्ट्रिय मावि पहरिया तृतीय भएका छ्न भने कराते तर्फ रोजी इक्सक्लुसिभ मा.वि बंक प्रथम, राष्ट्रिय मावि पहरिया द्वितीय र  समैजी मा.वि किचाही तृतीय भएका छ्न । त्यस्तै तेक्वान्दो तर्फ ब्लुम फिल्ड एकेडेमी गुलरिया प्रथम, कंचनजंघा मा.वि गुलरिया द्वितीय र  कालिका मा.वि बण्ड तृतीय भएका छ्न । 
    तेक्वान्दोतर्फ ४५ केजी तौल समूह छात्रमा ब्लुम फिल्ड एकेडेमीका दिपक धामी प्रथम, कञ्चनजंगा माविका रोशन देउवा द्धितीय र कालिका मावि बण्डका सन्तोष विक तृतीय भएका छन् । 
    त्यसैगरी ४८ केजी तौल समूह छात्रतर्फ कञ्चनजंगा मावि दीपक दियाल प्रथम, कालिका माविका टेक सिंह धामी द्धितीय र विणा माविका जीवन चौधरी तृतीय भएका छन् । 
    यस्तै ५९ केजी तौल समूह छात्रतर्फ ब्लुमफिल्ड एकेडेमीका चेतन जेठारा प्रथम, कञ्चनजंगा माविका विजय चौधरी द्धितीय र कालिका मावि बण्डका मनिष दमाई तृतीय भएका छन् । 
    यस्तै छात्रातर्फका तेक्वान्दोका खेलहरुममा ४२ केजी तौलमा ब्लुमफिल्ड एकेडेमी हेमन्ती भट्ट प्रथम, विणा मावि तुलसी चौधरी, द्धितीय भएका छन् । भने ४४ केजी तौल समुह अन्तर्गत ब्लुमफिल्ड एकेडेमी हिरा पाण्डेय प्रथम भएका छन् ।  ४६ केजी तौल अन्तर्गत ब्लुम फिल्ड एकेडेमीकी रेशमी भट्ट प्रथम भएकी छिन । 
    तेक्वान्दोतर्फ उत्कृष्ट खेलाडीका रुपमा छात्रतर्फ कञ्चनजंगा माविका दिपक दियाल बनेका छन् भने छात्रातर्फ ब्लुमफिल्ड एकेडेमीकी हेमन्ती भट्ट उत्कृष्ठ स्थान हात पार्न सफल भएकी छिन् ।  
    यस्तै करातेतर्फ खेलहरुमा छात्रतर्फ ४२ केजी तौल समूह अन्तर्गत उदय माविका बसन्त थापा प्रथम, ज्योति माविका अभिशेक चौधरी द्धितीय, र राष्ट्रिय मावि पहरियाका बिर्ख धानुक र विक्रम स्याडा तृतीय भएका छन् । 
    त्यस्तै ४७ केजी तौलम समूहमा रोजी एक्सक्लुसिभका आशिष थापा प्रथम, रोजी एक्सक्लुसिभका आशिष बोहरा द्धितीय, ज्योति माविका निरज देउवा र रोजी एक्सक्लुसिभका धन बहादुर ऐरी तृतीय भएका छन् । छात्रतर्फकै ५२ केजी तौलमा रोजी एक्सक्लुसिभका मनिष एस.के. प्रथम, राष्ट्रिय मावि पहरियाका उज्वल महरा द्धितीय, राष्ट्रिय माविकै जित पौडेल र जनक महरा तृतीय भएका छन् ।  
     यस्तै कराते तर्फकै छात्रातर्फ ४० केजी तौल अन्तर्गत राष्ट्रिय मावि पहरियाकी बसनती बाग प्रथम, राष्ट्रिय मावि पहरियाकै धनुषा टमटा द्धितइ र समैजी मावि किचाहीकी भागेश्वरी थापा तृतीय भएकी छन् । 
    छात्रातर्फकै ४५ केजी तौल अन्तर्गत समैजी मावि किचाहीकी मन्जु सिंह प्रथम भएका छिन् । यस्तै छात्रातर्फकै ५० केजी तौलतर्फ नवयुग मावि अभिलाशा रावल प्रथम र समैजी माविकी यमुना भण्डारी द्धितीय भएका छन् । 
यस खेलमा रोजी एक्सक्युसिभका छात्र मनिष एस.के. र राष्ट्रिय मावि पहरियाकी छात्रा बसन्ती बागलाई उत्कृष्ठ खेलाडीको रुपमा घोषणा गरेका छन् । 
    प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सञ्चालन समितिका संयोजक एवम् कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेश सभाका सदस्य माननीय महेश दत्त जोशीको प्रमुख आतिथ्यता सम्पन्न भएको छ । कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख रमिता राना, राजनितिक दलका प्रतिनिधिहरु, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजाल लगायत नगरपालिकाका कर्मचारी, नगर भित्रका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, विभिन्न खेलका प्रशिक्षक, सहायक प्रशिक्षक,  शिक्षक, अभिभावक, बिद्यार्थीको भब्य उपस्थितमा भएको छ । समारोहको संचालन आयोजक समितिका सदस्य गणेश कुवरले गरेका थिए । 
    प्रतियोगिता सम्पन्न गर्न अहोरात्र खटिने सम्पुर्ण अफिसियल सचिवालयका कर्मचारी, विभिन्न खेलका प्रशिक्षक, सहायक प्रशिक्षक, प्राथमिक उपचार कक्षका प्रमुख एवम् सदस्यहरु, युथ रेडक्रस सर्कल कृष्ण मा.वि.का स्वयंसेवक, अन्य स्वयंसेवक लगायतलाई उनीहरुले गरेको योगदानको कदर गर्दै धन्यवाद सहित प्रशंसा पत्र प्रदान गरिएको प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता सञ्चालन समितिका सचिवालय सदस्य गणेश सिंह ऐरीले जानकारी दिएका छन् ।