FAQs Complain Problems

कृष्णपुर प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जारी महेन्द्रनगर, ११ माघ- कृष्णपुर नगरपालिकाद्वारा सञ्चालित प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिताका अधिकान्स खेलहरु सम्पन्न भएका छन् ।

कृष्णपुर प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जारी 

महेन्द्रनगर, ११ माघ-  कृष्णपुर नगरपालिकाद्वारा सञ्चालित प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिताका अधिकान्स खेलहरु सम्पन्न भएका छन् ।    प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता २०७५ अन्तर्गतका अधिकाश खेलहरु सम्पन्न भएका छन्  । शुक्रबार पनि रिले दौड तथा हाइजम्प लगायतका खेलहरु सम्पन्न भएका छन् । 

३ हजार मिटरको दौड अन्तर्गत छात्रतर्फ कालिका मावि बण्डका टेक सिंह धामी प्रथम, वीणा मावि विछुवाका कमल भट्ट द्धितीय, कृष्ण मावि कृष्णपुर एकेन्द्र रावल तृतीय भएका छन् भने छात्रातर्फ पंचाधिन मावि राजघाटका सम्झना चौधरी प्रथम, समैजी मावि किचाही मनिसा भाट द्धितीय, कालिका माविका अम्मरा धामी तृतीय भएका छन् । 
     त्यसैगरी २ मिटर दौड अन्तर्गत विणा मावि विछुवाका नेत्र कपड्याल प्रथम, सरस्वती मावि कल्याणपुरका दिनेश सुनार द्धितीय, रोजी मावि बंकका धन बहादुर ऐरी तृतीय भएका छन् । भने २ मिटरकै दौड अन्तर्गत छात्रातर्फ कंचनजंगा मावि गुलरीयाका सितल बोगटी प्रथम, राष्ट्रिय मावि पहरीयाका सिता जोशी द्धितीय र विणा मावि विछुवाका सबन्ती राना तृतीय भएका छन् । 
यस्तै १००×४ मिटरको रिले दौडमा छात्रतर्फ रोजी एक्लक्युसिभका धिरेन्द्र विष्ट, धन बहादुर ऐरी, टंक महता र जनक चौधरी प्रथम, कंचनजंगा मावि शान्तिपुरका दीपक भण्डारी, सुभाश विष्ट, भुवन अवस्थी र अरुण चौधरी द्धितीय भएका छन् भने कृष्ण मावि कृष्णपुरका राजेन्द्र चौधरी, प्रदिप खड्का, एकेन्द्र रावल र दिपेन्द्र चौधरी तृतीय भएका छन् । 
     त्यसैगरी १००×४ मिटरको रिले दौडमा छात्रातर्फ विणा माविका सरस्वती राना, बसन्ती राना, रिता भट्ट र हशिना राना प्रथम, समैजी मावि किचाहीका मनिषा भाट, सारदा विष्ट, ऋतु चौधरी र गंगा चौधरी द्धितीय भएका छन् भने रोजी एक्सक्युसिभका प्रशंसा चन्द, सुनिता थापा, श्रृष्टी रावल र कविता नाथ तृतीय भएका छन् । 
 त्यसैगरी ४००×४ रिले दौडमा छात्र तर्फ विणा मावि विछुवाका टेक रोकाया, दीपक धामी, पल्टा राना र नेत्र कब्ड्याल प्रथम, रोजी माविका धिरेन्द्र विष्ट, धन बहादुर ऐरी, टंक महता र जनक चौधरी द्धितीय भएका छन् भने पंचाधिन मावि राजघाटका नवराज महरा, रविन्द्र बाग, टेक महरा र प्रकाश विक तृतीय भएका  छन् ।  
 यस्तै ४००×४ मिटरकै रिले दौडमा छात्रा तर्फ समैजी मावि किचाहीका मनिषा भाट, सारदा विष्ट, ऋतु चौधरी र जमुना चौधरी प्रथम, कृष्ण मावि कृष्णपुरका निर्मला भट्ट, टिकेश्वरी भण्डारी, कलावती दियाल र मनिषा चौधरी द्धितीय भएका छन् भने रोजी एक्सक्ल्युसिभका प्रशंसा चन्द, अनिता थापा, श्रृष्टि रावल र कविता नाथ तृतीय भएका छन् । 
 त्यसैगरी हाइजम्प खेलमा छात्रतर्फ रोजी एक्सक्ल्युभिका धनबहादुर ऐरी प्रथम, विणा माविका दीपक राज भट्ट द्धितीय र राष्ट्रिय  मावि पहरियाका डम्बर साउद तृतीय भएका छन् । तर छात्रातर्फको खेल शुक्रबार पानीका कारण सञ्चालन हुन सकेन ।  
४०० मिटर दौडमा सरस्वती मावि वाणी अनिल चौधरी प्रथम, कृष्ण मावि एकेन्द्र रावल द्धितीय र समैजी मावि लक्ष्मण भट्ट तृतीय भएका छन् भने छात्रातर्फ सरस्वती मावि कल्याणपुरका पुष्पा ओझा प्रथम, कंचनजंगा मावि शितल बोगटी द्धितीय र समैजी माविका जमुना चौधरी तृतीय भएका छन् । 
 भलिवल र कबड्डीका लिग चरणका खेलाहरु चलिरहेको प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता सञ्चालन समितिका सचिवालय सदस्य गणेश सिंह ऐरीले जानकारी दिएका छन् । पानीका कारण खेलहरु अवरोध नभए सबै चरणका खेलहरु आजे सम्पन्न हुने उनले बताए ।