FAQs Complain Problems

कृष्णपुर नगरपालिकाको आयोजना नेपाल आईडल सिजन २ का विजेता रवि ओडलाई सम्मन कार्यक्रम

मिति २०७५ पौष १० गतेका दिन कृष्णपुर नगरपालिकाको आयोजना नेपाल आईडल सिजन २ का विजेता रवि ओडलाई नगर प्रमुख श्री कर्ण बहादुर हमालज्यूको अध्यक्षतामा सम्मान तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । सम्मान कार्यक्रममा नगर उपप्रमुख श्री रमिता राना बडायकज्यू, कृष्णपुरका विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि र वडा अध्यक्ष, कार्यपालिका सदस्यज्यूहरुको उपस्थिति रहेको थियो । सम्मान कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, अतिथिज्यूहरुले नेपाल आईडल रविलाई दोसल्ला ओढाएर सम्मान एवम् अभिनन्दन गर्नुभयो । नगर प्रमुख श्री कर्ण बहादुर हमालले नेपाल आइडल सिजन २ को बिजेता बनाउन सहयोग गरेजस्तै फेरि पनि नेपाल आईडल सिजन २ का विजेता रवि ओडलाई कृष्णपुर नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

नोट: तस्बिरका निमित्त ग्यालरी हेर्नु होला |