प्लास्टिकका माला बिक्री तथा प्रयोग नगर्ने/नगराउने सम्बन्धमा।

प्लास्टिकका माला बिक्री तथा प्रयोग नगर्ने/नगराउने सम्बन्धमा।

आदरणीय नगरवासी, व्यवसायी तथा सम्पूर्ण सरोकारवालाहरू,

नेपालीहरूको महान् पर्व तिहार नजिकिँदै गएको सन्दर्भमा यस पर्वलाई स्वच्छ, स्वस्थ, सुन्दर तथा वातावरणमैत्री रूपमा मनाउन सबैमा हार्दिक अनुरोध गरिन्छ।

तिहारमा प्रयोग हुने विभिन्न प्रकारका प्लास्टिक तथा कृत्रिम माला बिक्री-वितरण नगर्न तथा प्रयोग नगर्न सम्बन्धित सबै व्यवसायी, संघ-संस्था तथा नगरवासीमा अनुरोध गरिन्छ। प्लास्टिकजन्य मालाको प्रयोगले वातावरण प्रदूषण बढाउनुका साथै फोहोर व्यवस्थापनमा समेत थप चुनौती सिर्जना गर्ने भएकाले तिहारमा प्राकृतिक फूलबाट निर्मित माला तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्राथमिकता दिनु आवश्यक छ।

अतः तिहार पर्वमा:

  • प्लास्टिक तथा कृत्रिम माला बिक्री-वितरण नगर्न/नगराउन;

  • प्लास्टिकका माला प्रयोग नगर्न/नगराउन;

  • स्थानीय रूपमा उपलब्ध प्राकृतिक फूलबाट निर्मित माला प्रयोग गर्न;

  • प्लास्टिकजन्य फोहोरको उत्पादन तथा प्रयोग न्यूनीकरण गर्न; र

  • स्वच्छ, हरित तथा वातावरणमैत्री तिहार मनाउन

सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ।

प्राकृतिक फूलको माला प्रयोग गरौँ, प्लास्टिकजन्य प्रदूषण घटाऔँ।
स्वच्छ, सुन्दर तथा वातावरणमैत्री तिहार मनाऔँ।