FAQs Complain Problems

कृष्णपुर नगरपालिकाद्वारा सन्चालित प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिताका अधिकान्स खेलहरु सम्पन्न ।

कृष्णपुर नगरपालिकाद्वारा सन्चालित प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिताका अधिकान्स खेलहरु सम्पन्न ।
प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता- २०७५ अन्तर्गत आज अधिकाश खेलहरु सम्पन्न भएका छन्  । हिजो सम्पन्न १५०० मिटर दौड छात्रमा राष्ट्रिय मा.वि.पहरियाका करन खड्का प्रथम सरस्वती मा.वि. कल्याणपुरका सुरेश जप्रेल द्वितीय र समैजी मा.वि. किचाहीका  हरिश सिंह तृतीय र विणा मा.वि.का उमेश चौधरी चौथो भएका छन ।
१५०० मिटर दौड छात्रा तर्फ विणा मा.वि.का सविता भट्ट प्रथम रोजी एक्सक्लुसिभका सृष्टि रावल द्वितीय र कालिका मा.वि. बण्डका  देवकी बिष्ट तृतीय र नन्द मा.वि. देखतभुलिका पार्वती धामी चौथो भएका छन । त्यस्तै सटपुट छात्र तर्फको खेलमा विणा मा.वि.का लक्ष्मण चौधरी  प्रथम उदय मा.विका पदम ऐर  द्वितीय र महाकालि मा.वि. का  रविन चौधरी तृतीय भएका छन ।  सटपुट छात्रा तर्फको खेलमा उदय मा.वि.का भागरती साउद प्रथम राष्ट्रिय मा.वि कलुवापुरका उर्मिला राना द्वितीय र नन्द मा.वि. का बसन्ती भट्ट तृतीय भएका छन । 
आज सम्पन्न खेलहरुमा १०० मिटर दौड छात्र जसमा विणा मा.वि.का नेत्र कपड्याल प्रथम नन्द मा.वि. देखतभुलीका दिपक सुनार द्वितीय र रोजी एक्सक्लुसिभका धिरेन्द्र बिष्ट तृतीय भएका छन । 
१०० मिटर दौड छात्रा जसमा कृष्ण मा.वि.का चित्रा पनेरु प्रथम समैजी मा.वि. का मनिषा भाट द्वितीय र उदय मा.वि बन्कका तारा पन्त तृतीय भएका छन ।  
ज्याबलिङ्ग थ्रोमा छात्र तर्फ विणा मा.वि.का लक्ष्मण चौधरी प्रथम नवयुग मा.वि का निराजन सिंह धामी द्वितीय ज्योती मा.वि. का योगेन्द्र तमौली तृतीय भएका छन् । त्यसैगरी ज्याबलिङ्ग थ्रो कै छात्रा तर्फका खेलमा राष्ट्रिय मा.वि.पहरियाका सीता जोशी प्रथम कृष्ण मा.विका लक्ष्मी धामी द्वितीय र ज्योति मा.वि. का काजल रावल तृतीय भएका छन । 
८०० मिटर दौडमा छात्र तर्फका खेलमा  महाकाली मा.वि. बसन्तपुरका सन्जिव चौधरी प्रथम विणा मा.विका कमल भट्ट द्वितीय र सरस्वती मा.वि. कल्याणपुरका सुरेश जप्रेल तृतीय कृष्ण मा.वि धन बहादुर चौधरी चौथो भएका छन । 
८०० मिटर दौडमा छात्र तर्फका खेलमा विणा मा.वि.का सविता भट्ट प्रथम समैजी मा.विका शारदा बिष्ट द्वितीय र रोजी एक्सक्लुसिभका दिल कुमारी अवस्थी तृतीय पन्चाधिन मा.विका खेमा बोहरा चौथो भएका छन । 

लङ्गजम्प छात्र जसमा रोजी एक्सक्लुसिभका जनक चौधरी प्रथम कृष्ण मा.विका खगेन्द्र ब.कार्की द्वितीय राष्ट्रिय मा.वि कलुवापुरका पुष्कर बोहरा तृतीय र नवयुग मा.वि का मोहित सिंह धामी तृतीय भएका छन । 
लङ्गजम्प छात्रा जसमा राष्ट्रिय मा.वि पहरियाका सरिता बिष्ट प्रथम कृष्ण   मा.विका चित्रा पनेरु द्वितीय र कन्चन मा.विका मोहिनी बिष्ट तृतीय भएका छन । 
ट्रीपल जम्प छात्र जसमा रोजी एक्सक्लुसिभका जनक चौधरी प्रथम विणा मा.विका कमल भट्ट द्वितीय र कन्चन मा.विका प्रदिप बिष्ट तृतीय भएका छन । 
ट्रीपल जम्प छात्रा जसमा विणा मा.वि का विमला राना प्रथम उदय  मा.विका तारा पन्त द्वितीय र नन्द मा.विका बसन्ती भट्ट तृतीय भएका छन । 
भलिबल छात्र / छात्रा तर्फका खेलहरु समेत सेमिफाइनलसम्म सन्चालन भएका छन । 
कबड्डी छात्र / छात्रा तर्फका खेलहरु समेत सेमिफाइनलसम्मका सन्चालन भएका छन । 
भोलि मार्शल आर्ट तर्फका खेलहरु, कराते, तेक्वान्दो र ३००० मिटर छात्र/ छात्रा दौड, भलिबल, कबड्डी र हाइजम्पका खेलहरु सन्चालन हुने जानकारी प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता सन्चालन समितिका सचिवालय सदस्य गणेश सिंह ऐरीले दिएका छन् ।