FAQs Complain Problems

प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता- २०७५ आज कृष्णपुर नगरपालिकाको आयोजनामा उदघाटन भएको छ ।

प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता- २०७५ आज कृष्णपुर नगरपालिकाको आयोजनामा उदघाटन भएको छ । समारोह कृष्णपुर नगरपालिकाका नगर प्रमुख एवम् समारोह मुल समितिका संयोजक कर्ण बहादुर हमालको अध्यक्षता सुदुरपश्चिम प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह बोहरा ज्यु को प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा सुप प्रदेशका माननीय महेश दत्त जोशी, देवराज पाठक, श्यामलाल रानाज्यु, कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख रमिता राना, जिल्ला खेलकुद अध्यक्ष शेर बहादुर चन्दज्यु ,  राजनितिक दलका प्रतिनिधिहरु, वडा अध्यक्ष कार्यपालिका सदस्य , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजाल लगायत नगरपालिकाका कर्मचारी, नगर भित्रका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, विभिन्न खेलका प्रशिक्षक, सहायक प्रशिक्षक,  शिक्षक, अभिभावक,  बिद्यार्थीको भब्य उपस्थितमा भएको छ । समारोहको संचालन आयोजक समितिका सदस्य प्रजापति नेगीले गरेका थिए । 
प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता- २०७५ को पहिलो विधा १०० मिटर दौडको उद्घाटन प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह बोहरा ज्युको बाहुलीबाट भयो । 
प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता- २०७५ मा कृष्णपुर नगरपालिका भित्रका २० विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल छात्र छात्रा, कबड्डी छात्र छात्रा, १०० मिटर, १००×४= ४०० मिटर रिले, १५०० मिटर दौड छात्र छत्रा, कराते, तेक्वान्दो, सटपुट, ज्यावलिङ्ग थ्रो, मार्सल आर्ट लागाय कुल ४२ विधाका खेलहरु खेलाईने छन् । 
आज पहिलो दिन १०० मिटर दौड छात्र छात्राको हिट्स, १५०० मिटर दौड छात्र छात्राको फाइनल, सटपुटको फाइनल सम्पन्न भएका छन ।